Logo

हिमालयन हाइड्रोपावरको आइपिओ बाँडफाँड



काठमाडौँ, २८ असार । हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे साधारण सेयरको बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए। त्यसमा १ हजार ७५८ जना आवेदकको आवेदन रद्द भएको छ। बाँकी १५ लाख ९३ हजार ७९६ योग्य आवेदकमध्ये १ लाख ८३ हजार ४७ जनालाई १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले असार १५ गतेदेखि असार १९ गतेसम्म कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर बिक्रीमा ल्याएको थियो। जसमा९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो। भने, बाँकी १८ लाख ३० हजार ४७२ कित्ता मात्रै सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्