Logo

हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति



काठमाडौँ, १३ वैशाख । यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन् ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै, अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । ती हिमाल तथा पिक आरोहणबाट ४४ करोड ८० लाख ९४ हजार रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्