
झापा, १६ साउन । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थुनामा रहेका एक युुवकको मृत्यु भएको छ ।
तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो ।
थुनामा रहेका खड्कालाई बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साउन १३ गते मेचीनगर नगरपालिका वडा नं ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । खड्कालाई मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको थियो ।






