Logo

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौडेल पक्राउ



दाङ, ३ माघ । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

लमही नगरपालिका-६ स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई पौडेलले गत पुस १८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्