काठमाडौँ, ५ माघ । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीन जनालाई गएराति पक्राउ गरेको हो ।
क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।






