Logo

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प



हुम्ला, २८ असार । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्