Logo

हुम्लासहित तीन जिल्लामा हिमपात



झापा, १० माघ । हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा आज बिहानैदेखि हिमपात भएको छ ।

हुम्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका प्रायजसो ठाउँहरुमा दुई फिटभन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका प्रायजसो ठाउँमा करिब आधा फिट हिउँ जमेको छ ।

यस्तै, जुम्लाको सदरमुकाम खलङ्गा, चन्दननाथ नगरपालिकासहित जिल्लाभरि हिउँ परिरहेको छ । मुगुमा पनि आज बिहानदेखि हिउँ परेको छ ।

हिउँपरेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो । हिमपातले यहाँको जनजीवन कष्टकर भए पनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्