Logo

हुम्ला पुगे अध्यक्ष ओली



हुम्ला, ४ वैशाख । चुनावी दौडाहामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली हुम्ला पुगेका छन् ।

हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हुम्ला पुगेका हुन् ।

ओलीले आज चीनको सिमावर्ती क्षेत्र लिली भ्याली अवलोकन, हल्जी गाउँमा स्थानीयबासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी लाप्चाबाट मानसरोवरको दृष्य अवलोकन गर्ने कार्यक्रम रहेको एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्