Logo

हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड बजेट विनियोजन



काठमाडौँ, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो वर्ष हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन भएको बताए ।

आगामी वर्ष ३०० किलोमिटर कालोपत्रे गर्ने र २४ वटा पुल बनाउने लक्ष्य छ । यस्तै ६७ वटा पुल निर्माण सुरु गर्न यो रकम उपयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्