Logo

हुस्सु हट्न थालेसँगै त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु



काठमाडौँ, ७ पुस । त्रिभुवन विमानस्थलबाट उडान अवतरण सुरु भएको छ । हुस्सु हट्न थालेसँगै उडान अवतरण सुरु भएको हो ।

बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन । अवतरण गराउन नसक्दा दिल्ली, क्वालालम्पुर र सारजाहबाट आएका जहाज आकाशमै होल्ड गरिएको थियो ।

आन्तरिकतर्फ भने केही ठाउँमा अझै उडान हुन सकेको छैन । मौसम खुलेपछि चाप पर्ने भएकाले आन्तरिक उडानमा केही ढिलाइ हुन सक्ने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्