हेटौँडा, १० जेठ । हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।
आज बिहान मकवानपुरको मनहरि गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि-७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ उनलाई डाक्टरले मृत घोषण गरेका थिए ।







