हेटौँडा, ३१ वैशाख । हेटौँडा उपमहानगरपालिकामा दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मीना लामाले ६१९ मत ल्याएर अग्रता लिएकी छन् ।
त्यस्तै एमालेका अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन् ।