काठमाडौँ, २६ असार । सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाएको छ ।
मङ्गलवार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो ।
उक्त बैठकले घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिइन् ।
मङ्गलवार बिहान मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित पाँच मेक्सिकोका नागरिकको ज्यान गएको छ ।





