Logo

हेल्प नेपाल राष्ट्रिय भलिबल च्याम्पियनशिपको फाइनलमा



काठमाडौँ, ९ चैत । आठौँ संस्करणको राष्ट्रिय भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ हेल्प नेपाल फाइनलमा पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो ।

अब साविक विजेता टोली हेल्प नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको बिजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

त्यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ । आज भएको खेलमा न्यू डायमण्ड महिला टोलीलाई ३-१ को सेटमा हराउँदै एपीएफ तेस्रो भएको हो । महिलातर्फको उपाधिका लागि भोली विभागीय क्लब नेपाल पुलिस र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्