काठमाडौं, १० चैत । राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको हो । प्रतिष्पर्धात्मक खेल हेल्प नेपालले ३-२ ले जितेको हो ।
यस्तै, महिलातर्फको उपाधि एभरेस्ट भलिबल क्लबले जित्यो । एभरेस्टले पुलिसलाई ३-१ को सेटमा हराएको हो ।
विजेता हेल्प नेपाल र एभरेष्टले पाँच-पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् । उपविजेता त्रिभुवन आर्मी र पुलिस क्लबले दुई-दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।