Logo

होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप: ४१ जनाको ज्यान गयो



होन्डुरस, ६ असार । होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप हुँदा ४१ जना कैदीको ज्यान गएको छ ।

लामो समयदेखि समस्यामा रहेको कारागारमा हिंसा भड्किएको रोयटर्सले जनाएको छ ।

हिंसामा धेरैजसोको जलेर ज्यान गएको र केहीलाई गोली लागेको होन्डुरसको सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराले बताएका हुन् ।

हिंसा भड्किएको ठाउँमा अहिले खोजी भइरहेको र ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने पनि उनले बताए ।

दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ । कारागारमा झण्डै आठ सय कैदीलाई राखिएको छ । जुन संख्या क्षमताको दोब्बर हो ।

प्रतिक्रिया दिनुहोस्