कञ्चनपुर, २६ असोज । शारीरिक रुपमा अशक्त इलामका एक युवकले ह्विलचियरको सहयोगमा मेची-महाकाली यात्रा पुरा गरेका छन् ।
इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरको सहयोगमा २३ दिनमा मेची-महाकाली यात्रा पूरा गरेका हुन् ।
असोज ३ गते संविधान दिवसका दिन मेची पुलबाट यात्रा सुरु गरेका रम्तेल पश्चिम महाकालीको कञ्चनपुरस्थित गड्डाचौकी मंगलबार पुगेका हुन् ।
‘शान्ति, प्रेम र मेलमिलाप’ भन्ने मूल नाराका साथ धार्मिक, पर्यटन प्रवद्र्धनका लागि ह्यिलचियरमा मेची-महाकाली यात्रा गरेको रम्तेलले बताए ।
“धार्मिक, पर्यटन प्रवद्र्धनका लागि यात्रा गरेको हुँ, यात्रा निकै कष्टपूर्ण भए पनि पूरा भएको छ,” उनले भने, “लुम्बिनी, पशुपतिनाथ र लारुम्बाको माटो लिएर विश्वका एक सय ७० देश पुग्ने लक्ष्य छ ।” मोटरसाइकल दुर्घटनामा परेका रम्तेलका दुवै खुट्टाले काम गर्दैनन् ।






