न्युजिल्यान्ड, २५ भदौ । न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ ।
डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।