मोरङ, ३० वैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छन् ।
अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए ।
अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन् ।