Logo

११३.४२ अंकले बढ्यो नेप्से, पौने १६ अर्ब रुपैयाँको कारोबार

दुई पटक सर्किट ब्रेकरमार्फत ६० मिनेट बन्द भएर खुलेपछि सम्हालिँदै अघि बढेको नेप्से परिसूचक २६८१.५६ विन्दुमा सीमित



काठमाडौं, साउन १३ गते । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशत बढेको नेप्से परिसूचक २६८१.५६ विन्दुमा सीमित भएको हो ।

११३.४२ अंकले बढ्यो नेप्से, पौने १६ अर्ब रुपैयाँको कारोबार

बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो ।उच्च अंकले बढेर दुई पटक सर्किट ब्रेकरमार्फत ६० मिनेट बन्द भएको थियो ।

आज कुल १४८ कम्पनीको सेयर मूल्य बढ्यो । ८७ कम्पनीको सेयर मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी जीवन बिमा उपसमुह ५१९.२७ अकंले बढ्यो । नीर्जिवन बिमा ३४५.४६ अंक, विकास बैंक २४५.९२, बैंक १४१.७६ र उत्पादन तथा प्रशोधन १३४.७१ अंकले बढ्यो । लघुवित्त उपमसुह १०.०६ अंकले घट्यो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंकसहित १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३५ प्रतिशतले घट्यो ।

कारोबार रकमको आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्यारेन्स अघि रह्यो । कुमारी बैंकको ३६ करोड १० लाख रुपैयाँको कारोबार भयो । एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्