Logo

११ महिनामा ३३ अर्बको चामल आयात



काठमाडौँ, १५ असार । सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो ।

किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन । धानको उत्पादन र उत्पादकत्व घट्टा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो ।

धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको पूर्वकृषि सचिव योगेन्द्रबहादुर कार्कीले बताए । धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ, सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुन सकेको छैन, सचिव कार्कीले भने, आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।

सरकारले शुक्रबार जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि, भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्