पर्वत, २३ फागुन । गोरखा अजिरकोट गाउँपालिका-५ घर भई पर्वत जलजला गाउँपालिका-३ बारीबेनीमा सडक निर्माणमा काम गर्ने २७ वर्षीय दीपेन्द्र बिकले १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले सोमबार पक्राउ गरेको छ ।
दीपेन्द्रले बालिकालाई स्थानीय एक खाली घरमा लगी जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई पक्राउ गरेको हो ।