Logo

१३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस आज विविध कार्यक्रमसहित मनाइँदै



काठमाडौं, १७ पुष । आज देशभर १३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस विविध कार्यक्रमसहित मनाइँदैछ । सन् २०१३ (वि.सं. २०७०) देखि हरेक जनवरी १ का दिन मनाइँदै आएको यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरण र पहिचान प्रवर्द्धनमा टेवा दिएको बताइन्छ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ नारासहित मनाइने दिवसको अवसरमा युवासम्बन्धी विभिन्न संस्थाले काठमाडौँ सहित देशका प्रमुख शहरहरूमा सांस्कृतिक कार्यक्रम, र्‍याली तथा अन्तर्क्रिया आयोजना गरिरहेका छन्।

दौरा–सुरुवाल, ढाका टोपी, भादगाऊँले टोपी तथा गुन्यु–चोलीलाई नेपाली पहिचानका प्रतीकका रूपमा स्थापित गर्न युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। दिवसको अवसरमा सामाजिक सञ्जालमा राष्ट्रिय पोसाकमा खिचिएका तस्बिर सार्वजनिक गर्ने चलन पनि बढ्दो छ।

अतीतमा औपचारिक रूपमा राष्ट्रिय पोसाकको प्रचलन हटाइएपछि त्यसको महत्त्व पुनर्स्थापना गर्न यो दिवसले महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ। राजधानीका विभिन्न स्थानमा आज विशेष कार्यक्रमहरूको आयोजना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्