काठमाडौं, १४ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।
प्रहरीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको बताइएको छ । दुबईबाट आएको १४ किलो सुन बरामद काण्डमा संलग्न भएको आरोपमा गुरुङ पक्राउ परेका हुन् । बरामद भएको १४ केजी सुन चन्द्र घलेले ल्याएका थिए । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको छ ।







