Logo

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ



काठमाडौँ, ४ माघ । काभ्रेको बनेपा नगरपालिका वडा नं.९ का वडाध्यक्ष नृपेश वादे रु १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ ।

अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले नियन्त्रणमा लिइएको जनाएको छ । अध्यक्ष वादेबाट आयोगको टोलीले जापनिज रकम १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ सहित कार समेत नियन्त्रण गरेको छ ।

घुस लिने क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.३ गठ्ठाघरबाट बुधवार राती नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्