Logo

१९औँ एसियाली खेलकुद: नेपालको पब्जी टोली दोस्रो चरणमा



चीन, ११ असोज । १९औँ एसियाली खेलकुद अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ ।

हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

नेपाल सम्मिलित समूह ‘सी’ मा मङ्गोलिया, दक्षिण कोरिया र भियतनाम रहेका छन् । दक्षिण कोरिया उक्त समूको शीर्ष स्थामा तथा नेपाल दोस्रो स्थानमा रह्यो । पब्जी स्पर्धामा नेपालको ५२ मिनेट २० दशमलव २८ सेकेन्ड तथा दक्षिण कोरियाको ४७ मिनेट २८ दशमलव ४६ सेकेन्डको समय रहेको थियो । योसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पब्जीमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्ने छन् । यसअघि समूह ‘ए’ बाट हङकङ, समूह ‘बी’ बाट चाइनिज ताइपेई तथा समूह ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्