Logo

१९ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ



काठमाडौँ, ८ पुस । १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

ती सुडानी नागरिकको लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो । जाँच गर्दा सुन भन्ने पक्का भएको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्