Logo

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्याे



काठमाडौँ, २६ भदौ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

नेपाल प्रहरीले सूचना निकालेर भर्ना आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड-२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले यही ३० गतेदेखि असोजको ६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् ।

दरखास्तसम्बन्धी फारम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्