काठमाडौँ, २३ भदौ । निर्वाचन आयोगले स्थानिय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
आयोगले आज सूचना जारी गर्दै कानुनले तोकेको ३० भित्र विवरण नबुझाएकाहरुलाई ७ दिन भित्र सफाइसहितको स्पष्टिकरण पेश गर्न भनेको हो । नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितीको चुनावमा उम्मेदवार बनि खर्च विवरण बुझाएकाहरुका नाम हिजो आयोगले सार्वजानिक गरेको थियो ।
कुन-कुन कारणले खर्चको विवरण नबुझाएको हो? करणसहित ७ दिन भित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोग नेपालमा पेश गर्न सुचनामा भनिएको छ ।
आयोगका अनुसार ८५ प्रतिशतले चुनावी खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले हिजो निर्वाचन खर्च समयमै पेश गर्ने र खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो । जसअनुसार १ लाख २३ हजार भन्दा बढीले खर्च विवरण बुझाएका छैनन् ।