Logo

१ लाख ५३ हजार जनाको उम्मेदवारी दर्ता



काठमाडौँ, १६ बैशाख । निर्वाचन आयोगको प्रणालीमा बिशिबार दिउँसो ३ः३० बजेसम्म प्रविष्ट भएको तथ्याङ्कअनुसार एक लाख ५३ हजार दुई उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा तीन हजार ५१०, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई, हजार १६८, उपाध्यक्षमा दुई हजार ४०१, वडाध्यक्ष ३५ हजार ३५३, महिला सदस्य २६ हजार ५३२, दलित महिला सदस्य २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।
३३ जिल्लामा मतपत्र ढुवानी

वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत दुई, सहायक कर्मचारी दुई, कम्प्युटर अपरेटर एक, सवारी चालक एक र कार्यालय सहयोगी दुई थप गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्