Logo

विश्वकप २०२६ का लागि समूह विभाजन सार्वजनिक, आयोजक तीनै राष्ट्र शीर्ष पोटमा



काठमाडौं, २० मंसिर । २०२६ फिफा विश्वकपका लागि समूह विभाजन सार्वजनिक गरिएको छ, जसमा आयोजक तीनै देश—अमेरिका, मेक्सिको र क्यानडा—लाई शीर्ष पोटमा राखिएको छ। विश्वकप इतिहासमै पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा ४८ टोली सहभागी हुँदैछन्।

समूह विभाजन सार्वजनिकसँगै विश्वकपको प्रतिस्पर्धात्मक यात्रा औपचारिक रूपमा सुरु भएको मानिएको छ। शीर्ष पोटमा आयोजक तीन राष्ट्रसँगै बलियो मानिएका टोलीहरू पनि परेका छन्, जसका आधारमा बाँकी पोटहरूमा रहेका टोलीहरूको समूह तुलनात्मक रूपमा चुनौतीपूर्ण बन्ने अपेक्षा गरिएको छ।

आयोजक राष्ट्रहरूलाई शीर्ष पोटमा राखिने फिफाको परम्परा अनुसार अमेरिका, मेक्सिको र क्यानडा स्वतः शीर्ष पोटमा परेका हुन्। यसले उनीहरूलाई समूह चरणमा तुलनात्मक सहज सुरुवात दिलाउने अनुमान गरिएको छ।

विश्वकप २०२६ को समूह चरणमा १२ वटा समूह रहनेछन्, प्रत्येक समूहबाट दुई टोली र उत्कृष्ट आठ तेस्रो भएका टोली नक्काँउ चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिता २०२६ को जुनदेखि जुलाईसम्म विभिन्न अमेरिकी, मेक्सिकन र क्यानाडियन सहरहरूमा आयोजना हुनेछ।

२०२६ विश्वकप समूह विभाजन (Group Division)

Group A: मेक्सिको, दक्षिण कोरिया, दक्षिण अफ्रिका, युरोपियन प्ले–अफ D विजेता
Group B: क्यानडा, स्विट्जरल्याण्ड, कतार, युरोपियन प्ले–अफ A विजेता
Group C: ब्राजिल, मोरोक्को, हाइटी, स्कटल्याण्ड
Group D: अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपियन प्ले–अफ C विजेता
Group E: जर्मनी, क्यूरासाओ, आइभोरी कोस्ट, इक्वेडर
Group F: नेदरल्याण्ड्स, जापान, टुनिसिया, युरोपियन प्ले–अफ B विजेता
Group G: बेल्जियम, इरान, इजिप्ट, न्यूजिल्यान्ड
Group H: स्पेन, उरुग्वे, साउदी अरब, केप भेर्दे
Group I: फ्रान्स, सेनेगल, नर्वे, इन्टर–कन्फेडेरेसन प्ले–अफ विजेता
Group J: अर्जेन्टिना, अष्ट्रिया, अल्जेरिया, जोर्डन
Group K: पोर्चुगल, कोलम्बिया, उज्बेकिस्तान, प्ले–अफ विजेता
Group L: इंग्ल्यान्ड, क्रोएसिया, घाना, पनामा

 

प्रतिक्रिया दिनुहोस्