Logo

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै



काठमाडौँ, ५ जेष्ठ । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन ।

पालिकामा भोलिसम्ममा सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था छैन । शपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउने छैनन् । नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म पालिका जनप्रतिनिधिविहीन हुनेछन् । जनप्रतिनिधिले शपथ नलिएसम्म कर्मचारीबाट प्रशासनिक काम हुने भएकाले खासै समस्या नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

बजेटका काम तथा एजेन्डा प्रस्तुत गर्ने कतिपयमा केही समस्या पर्न सक्ने निर्वाचन आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्