बङ्गलादेश, २२ माघ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई चार-शून्य गोलले हराएको छ ।
ढाकामा आज भएको खेलमा भुटानलाई चार-शून्य गोल अन्तरले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिती राईले एक गोल गरिन् ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग तीन-एक गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि आउँदो बिहीवार खेल्नेछन् ।