काठमाडौँ, २७ साउन । पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण गर्दा सात सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । अहिले नेपालमा पाँच हजार सात सय ७५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।