Logo

२९ जनाले लिए समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता



काठमाडौँ, १७ असोज । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए । जसमध्ये प्रतिनिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन्।

अब आयोगले उम्मेदवारी फिर्ता लिएका उमेद्वारहरु बारे सम्बन्धीत दललाई पत्राचार गरिने जनाएको छ ।

आयोगले समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्