Logo

३४ औं नारायण गोपाल स्मृति साझमा हस्त परियार सम्मानित



झापा, २० मंसिर । नारायण गोपाल स्मृति प्रतिष्ठान बिर्तामोड ३ सैनिकमोड झापाले ३४ औं नारायण गोपाल स्मृति साझको अबसरमा श्रष्टा एवम् विभिन्न ब्याक्तीहरुलाइ सम्मान गरेको छ ।

कार्यक्रममा बुबा अनिरुद्र ओली र आमा नन्दादेबी ओलीद्वारा स्वर्गीय छोरा मनोज ओलीको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट नगद २५ हजार राशी सहित रचनाकार गायक एवम् संगीतकार हस्त परियारलाई सम्मान गरिएको छ ।

त्यसै गरि प्रतिष्ठानको अक्षयकोषका सदस्य अनिरुद्र ओलि, शान्ता रोका र शैलेन्द्र सिटौला मार्फत मिर्गौला पीडित मदन कुमार ठट्टाल, राजकुमार शाह र राधा भट्टराईलाइ उपचार सहयोग प्रती ब्याक्ती दस हजार एक सय एक रुपैया हस्तान्तरण गरिएको थियो भने कोषका अध्यक्ष गणेश ओलीबाट असल सफल सालिन बुहारीको रूपमा देबिमाया खरेल न्यौपानेलाई नगदसहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सदस्य भक्ति सिटौला, बिर्तामोड नगरपालिकाका उपप्रमुख नरेन्द्र सग्रौला, कन्काइ एजुकेसन फाउन्डेसनका सस्थापक जय नारायण ढुंगाना, सस्थापक प्रमुख सल्लाहकार उमानाथ ओली , पुर्ब साम्सद हरिचरण शिवाकोटी, विर्तामोड शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, साहित्यकार केशव आचार्य लगायत संगीतप्रेमिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ कोमल निरौलाले केही सांगितीक कोसेली प्रस्तुुत गर्दै प्रतिष्ठानको यो सराहनीय कार्य र गायक रचनाकार संगीतकार कलाकार आदि श्रष्ठा सम्झने र जिवन्त राख्ने कार्य प्रति आफू खुसी रहेको भन्दै आयोजक टिमलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिष्ठानले प्रत्येक बर्ष गर्दै आएको कार्यक्रम अन्तर्गत स्वरसम्राट नारायण गोपालका सयौं गितहरु मद्य्येबाट केहि गित गायक झलक सग्रौला, समीर न्यौपाने र तुलसा पाठकले श्रोता एवम् दर्शकमाझा प्रस्तुुत गर्नुभएको थियो । त्यसै गरि युवा कबि नवराज पराजुलीले हेप्पी बर्थडे शिर्षकमा कबिता पस्कनु भएको थियो ।

मोहन शिवाकोटीको अध्यक्षता एवं संचालनमा आयोजीत कार्यक्रमको सहजीकरण सचिब रुद्र सिटौला गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्