दाङ, ११ माघ । तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान हरि जिसी तीन दिनपछि मृत भेटिएका हुन् । उनको शव घोराही-१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।







