काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोगले पालिका निर्वाचनका लागि सोमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेको जनाएको छ ।
नियमित पत्रकार सम्मेलन अन्तर्गत सोमवारको कार्यक्रममा आयोगका प्रवक्ता पौडेलले एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा अहिलेसम्म त्यो परिणाममा मतपत्र छापिसकिएको बताए ।
यसैबीच निर्वाचन आयोगले मङ्गलवार राष्ट्रिय सञ्चारमाध्यमका निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएको छ ।