काठमाडौँ, ५ जेष्ठ । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म नेपाली कांग्रेस दुई सय ५३ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८६ नगरपालिकाको मेयर र एक सय ६७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी दुई सय ३६ पद जितेको छ ।
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५३ वटा नगरपालिकाको मेयर र एक सय नौ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ६२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय ७५ पद जितेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८९ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय पाँच वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय १२ वटा पद जितेको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ वटा प्रमुख पदमा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले उपमेयर र गाउँपालिका उपाध्यक्षमा १७ पद जितेको छ ।
जनता समाजवादी पार्टी ९जसपा० ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १४ वटै पालिका उपाध्यक्ष जितेको छ । यस्तै स्वतन्त्र र अन्य दलले गरी ३४ वटा पालिकामा मेयररअध्यक्ष जितेका छन् भने २६ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् ।