Logo

६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिक



काठमाडौँ, ७ जेष्ठ । अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसले मेयर १ सय २० र  अध्यक्षमा १ सय ८४  गरी ३ सय ४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२  र उपाध्यक्ष  १ सय ८७  गरी २ सय ७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २० गरी १ सय ८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १ सय २१ गरी २ सय ९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

त्यसैगरी माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी १ सय १७ पालिकामा प्रमुख तथा उपमेयर ३०  र उपाध्यक्ष  ९३  गरी १ सय २३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

त्यस्तै एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

प्रतिक्रिया दिनुहोस्