Logo

७४० आरोहीलाई हिमाल आरोहण अनुमति



काठमाडौँ, ५ वैशाख । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८ हजार ८४८.८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो । हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ आरोही समूहका २६२ आरोहीले अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्रै ३२ समूहका २६२ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणबाट हालसम्म रु ३९ करोड ५२ लाख ३१ हजार ५२ रोयल्टी उठेको छ ।

प्रतिक्रिया दिनुहोस्