
मकवानपुर, २२ चैत्र । मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित ३५ वर्षीय भारतीय नागरिक असगर अलि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसरा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने अलिलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा आइतबार पुगेको ईलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी टोलीले चितवनबाट मनहरितर्फ आउँदै गरेको बिआर २५ जीए ३०९२ नम्वरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित अलि पक्राउ परेका हुन् । पक्राउ परेका असगर ट्रक चालक हुन् । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रिमालले जानकारी दिए ।