Logo

संघर्षमा जुटन प्रचण्डको आह्वान



प्रचण्ड
अहिले हामी संविधानसभाभित्र र बाहिर संघर्षको निकै पेचिलो मोर्चामा डटिरहेका छौं । महान् जनयुद्ध, दशौं हजार योद्धाको बलिदान, वेपत्ता घाइतेहरुको त्याग र तपस्याको तागमा प्राप्त उपलब्धिहरु अहिले गुम्ने खतरामा पुगेको छ । प्रतिक्रान्तिले टाउको उठाउँदै छ । संविधानसभा क्रान्ति र प्रतिक्रान्तिको छिनाझपटीमा परेको छ । यसर्थमा, अहिले हामी जीवन मरणको लडाइँमा छौं । क्रान्तिको रक्षा गर्न र क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउन हाम्रो सिंगो पार्टीपंक्ति एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ । आउँदो एकहप्ताभित्र एकताबद्ध भएर संघर्षमा जाँदा उपलब्धिको रक्षा गर्ने र क्रान्तिको प्रक्रियालाई निरन्तर अगाडि बढाउने बलियो आधार र सम्भावना हाम्रा अगाडि छ । आजको यो संगीन मोडमा संविधानसभा भित्र र बाहिरको संघर्षलाई अलि नयाँ ढंगले लैजानुपर्ने देखिएको छ । हाम्रो यो संघर्षले दुरगामी महत्व राख्नेछ ।
संघर्षको मैदान
शान्तिप्रक्रियाको यस अवधिमा हाम्रा केही ‘ट्याक्टिकल स्टेपहरुमा’ त्रुटीहरु रहन गए । जसले थुप्रै कमीमजोरी, अन्यौल र भ्रमहरुलाई पैदा गराइदियो । यसको गम्भीर समीक्षा गर्न जरुरी छ । तर संघर्षको चाप र तीव्रताले अहिले हामीलाई त्यो समीक्षा गर्ने फुर्सद छैन । तसर्थ, यो एकले अर्कोलाई दोषारोपण गर्ने बेला होइन । एकले अर्कोमाथि दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्ने धृष्टता गर्ने बेला पनि होइन यो । यो बेला भनेको सहिद, वेपत्ता, घाइते, लाखांैं करोडौं जनताको अपेक्षा पूरा गर्न हामी संविधानसभा भित्र र बाहिरको संघर्षमा खरो उत्रने बेला हो । हामीले भन्दै आएका छौं स् संविधानसभाबाट क्रान्तिका उपलब्धिहरुलाई संविधानतः संस्थागत गर्दै त्यसैको जगमा टेकेर जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने । जनवादी क्रान्तिका आधारभूत उपलब्धिको रक्षा गर्न हामीले सकेनौं भने क्रान्तिको यो अग्नीपरीक्षामा उतीर्ण हुन सक्दैनौं । पनि अहिले संघर्ष गर्छौं । हामी जुनसुकै त्याग तपस्या गर्न तयार हुन्छौं । हामी सबै अहिले एउटा ठूलो अग्नि परीक्षामा छौं । हरहालतमा हामी यो अग्नीपरीक्षामा अब्बल देखिन जरुरी छ । अब संघर्षको सबै मोर्चामा नेतृत्व स्वयम् उपस्थित हुन तयार छ । कोणसभा, प्रशिक्षण र आर्कमा आएर फिल्डमै आन्दोलनको नेतृत्व समाल्न नेतृत्व तयार छ ।

अब अरुको भर परेर शिथिल हुने छुट छैन हामीलाई । हामीले आफ्नै पार्टी पंक्ति जवस, जातीय, राष्ट्रिय क्षेत्रीय मोर्चा, विभाग, समर्थक जनता दुई चार दिनसम्म व्यापक परिचालन गर्नुपर्छ । जनतालाई सडकमा उतार्ने र नेतृत्व पनि सडकमा उत्रने तयारी गर्दैछौं । त्यसकारण युवा स्वयम् सेवकहरुले बिहानैदेखि आर्कहरु बनाएर शक्ति केन्द्रीत गर्ने र उनीहरुले भिजिलान्ते प्रयोग गरेर प्रतिकार गर्न आउन सक्छन्, राम्रै तयारी गर्नुपर्छ । सबै केन्द्रीत हुने र अगाडि जाने र स्वयम्सेवकहरुले बन्द सफल पार्न आफूलाई हरेक हिसाबले तयार पार्नुर्दछ ।
बहुमतले पेल्न सक्दैन
संसारमा संविधान निर्माणको विषयमा संविधानसभामा अल्पमत र बहुमत भएको इतिहास छैन । आन्दोलनकारीहरुको सहमतिबाट बनाउने भन्ने संस्था हो संविधानसभा । हिजोका शान्ति सम्झौता र आन्दोलनका सहयात्रीहरुको सहमतिमा बनाउने भन्ने हो संविधानसभा । त्यसो नगरेर संविधानसभालाई संसद बनाएर दुई तिहाई बहुमत प्रयोग गछौँ भन्नुको अर्थ मधेशी, माओवादी, जनजातिलाई, दलित महिला, मुस्लिम परिवर्तन खोज्ने सम्पूर्ण जनताको भावनालाई बुटले कुल्चिएर जर्बजस्ती गर्नखोज्नु हो ।संविधानसभा के कारणले जन्मियो रु भन्दा ऐतिहासिक सम्झौताबाट, ऐतिहासिक क्रान्ति र आन्दोलनको बलमा जन्मियो भन्ने अनि त्यसको भूल भावनाको विरुद्धमा गएर संविधान जारी गर्न खोज्ने रुयो कदापि हुन सक्दैन । ०५२ साल अगाडि सतप्रतिशत संसदमा कांग्रेस र एमाले मिल्दा ९० प्रतिशत भन्दा बढी मत थियो । के गर्यो त्यो बहुमतले रु त्यतिखेर संसारको सबभन्दा राम्रो संविधान, कमा र फुलस्टप पनि परिवर्तन गर्नमिल्दैन भनेका थिए । के त्यो संविधानलेकांग्रेस एमालेहरुलाई बचायो त रु कहाँ लग्यो त्यो संविधान र बहुमत रु कुरा त्यसो होइन ।यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने कि नगर्ने रुविभेदको अन्त्य गर्ने कि नगर्ने भन्नेमा सिंगो देश केन्द्रित हुन जरुरी छ ।

हिजो गिरिजाप्रसाद, रामचन्द्रले गरेको हस्ताक्षर, सहमति, अन्तरिम संविधानको मर्म र भावनाभन्दा बाहिर गएर संविधान बनाउँछु भन्दैछन् नेकाका नेताहरु । माओवादी, मधेशी, जनजाति, दलित, समावेशी समानुपातिककोविरोध गर्नुभनेको भएभरका सबैलाई बाहिर राख्ने षड्यन्त्र हो । सबैलाई बाहिर राखेर कांग्रेस एमालेले चलाएर मात्रै यो देश चल्छ रु त्यसमाथि अहिलेका प्रमुख नेता भनेका हिजोका आन्दोलनका विरोधी हुन् ।
दिमागलाई आक्रामक बनाऔं १
अहिले पनि वर्गीय, जातीय क्षेत्रीय, लैगिक उत्पीडन र विभेद कायमै छ । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता अरुले ल्याएको होइन । मुख्यतः माओवादी आन्दोलन र मधेशी, जनजाति,दलित, मुस्लिम, महिला इत्यादि आन्दोलनकै कारणले आएको हो ।
अब आफ्नो नेता बदमास देखेर कांग्रेस एमाले राम्रा देख्ने हो भने हामी सिद्धिन्छौं । आफ्नो हिजो संँगै लडेका साथी बदमास देखेर कांग्रेस एमालेका बरु राम्रा हुन् कि जस्तो देख्ने त्यो चस्मा गलत भयो । हामीले गल्ती त्यही गर्यौं । आफ्नो जनतासँग भर पर्नुको सट्टा खाली वार्ता र सम्झौतामा भरपर्दा गल्ती गर्यौं । शान्तिपूर्ण संघर्षबाटै उपलब्धि संस्थागत गर्दै अगाडि बढ्दै जाने कुरा हो । हामी शान्तिपूर्ण ढंगले संघर्षलाई अगाडि बढाउँछौं । हतियार उठाएर संघर्ष गर्ने भनेको होइन ।  संविधानसभाभित्र ताइवान, जापान र युरोपका देशहरुमा सदनभित्र नेताहरुले कुर्ची हानाहान, टाउको फोर्ने गोद्ने, कागत च्यात्ने, माइक भाँच्ने सम्म गरेका छन् । हामी त्यसो गर्न नपरोस् ठान्छौं ।

त्यसकारण, अब हाम्रो दिमागलाई आक्रामक बनाऔं १ हजारौ सहिदहरुलाई सम्झौं १ हिजो गरेका सम्झौता सहमतिलाई सम्झौं १ अग्रगामी संविधान बनाउने हाम्रो प्रतिबद्धतालाई सम्झौं १ हामी अहिले कमजोर भएको भित्रबाट होइन, आफ्नो मानसिक कमजोर भएर हो । ‘आइडोलोजी भनेको हेडोलोजी हो’ भनेर भन्ने गर्थें मैले । टाउकोले जे सोच्छ त्यो अनुसार हुने हो । एकपटक सबै कुरा छाडौं । पार्टीभित्रको अन्तरसंघर्ष पनि छाडौं । यो संघर्ष हामी सबैको जीवन मरणको सवाल छ । एक भएर गयौं भनेमात्र अग्रगामी संविधान बन्नेवाला छ । त्यहाँ टेकेर मात्र हाम्रो अगाडिको यात्रासुगम हुनेवाला छ । अब भ्रममुक्त हुनुस् १ हामी फिल्डमा तपाईहरुसँगै लड्छौं र सँगै एकपटक अगाडि बढौं १ जित सुनिश्चित छ ।
 

प्रतिक्रिया दिनुहोस्