Logo

ध्यान के हो ?



आशिष पौडेल ।
ध्यान आत्मावलोकनको विधि हो । आफूले आफैँलाई जान्ने प्रयोग हो । आफ्नो वास्तविक स्वभावको पहिचान गर्ने अभ्यास हो । दिनरात अवनरत शरीरभित्र द्रष्टाको  रुपमा रहेको, आफ्ना ५ इन्द्रीयले वस्तु र विषयको ज्ञान लिनेको खोजी गर्ने विज्ञान हो । संक्षेपमा म को हो ? भन्ने प्रश्नको खोजी नै ध्यान हो । ध्यान जीवन जीउने कला हो । ध्यानले जीवनमा खÞुसी, प्रसन्न र सम्पन्न भएर बाँच्न सिकाउँछ । ध्यानले दुःख के हो ? भन्ने कुराको बोध गराउँछ र दुःखको अभाव नै ध्यानको अनुभव हो ।

‘रोज मरता जीवन’ अर्थात् ‘पलपल मरिरहेको जीवन’मा डर, चिन्ता, असुरक्षा, दरिद्रता, दुर्बलता, आत्मग्लानीको भाव हटाएर आनन्द, अमरत्व र स्वतन्त्रताको अनुभव गराउनु नै ध्यानको उद्देश्य हो । मानिस जीवनमा खालीपन, दरिद्रता, हीनता, आत्मग्लानी, एक्लोपन र असुरक्षाको भावले गर्दा नै पैसा र पावरको पछाडि जीउ ज्यान फालेर लागि परेका छन् । ध्यानले मानिसलाई आत्मसुख र आनन्दले भरिभराउ गरिदिन्छ र मानिसलाई उसको वास्तविक सम्पत्ति भनेकै उसको शरीर हो भन्ने कुराको अनुभव गराउँछ । पÞmलस्वरूप मानिस बाह्य सुख छोडेर स्वस्थ जीवनयापन गर्दै परम्स्वतन्त्रतातर्फ उन्मुख हुन्छ । ध्यानको अभ्यास गर्दै जाँदा मानिसलाई उसको जीवनमा उसको आनन्द र स्वतन्त्रतामा बाधा पुर्याउने तत्व र बन्धनहरुको ज्ञात हुँदै जान्छ । र, मानिस सो बन्धनबाट छुट्दै जान्छ अथवा आफूलाई छुटाउँदै जान्छ ।

यसरी छुट्दै (या छुटाउँदै) जाँदा आफ्नो शरीर पनि बन्धनको रूपमा पाउँछ । यसरी जब मानिसले आफ्नो शरीरलाई पनि बन्धनको रूपमा पाउँछ, ऊ आफ्नो शरीरलाई पनि छोडिदिन्छ र शरीरभित्र हुँदाहुँदै पनि परम्स्वतन्त्रता प्राप्त गर्दछ । परम्स्वतन्त्रताको अवस्थामा मानिसलाई आत्मबोध हुन्छ, अर्थात आफू के हो ? को हो ? भन्ने बुझ्दछ । यो अवस्थालाई ज्ञानीहरु मोक्ष भन्दछन् । र, मोक्ष नै ध्यानको अन्तिम लक्ष्य हो । मोक्ष प्राप्तिपछि ध्यानको उद्देश्य पूरा हुन्छ ।

ध्यानको विधि
ध्यान कुनै काम वा क्रिया होइन । कुनै काम नगर्नु नै ध्यान गर्नु हो । अव्रिmयाको अवस्थामा द्रष्टाको रूपमा विषयको अवलोकन गर्नु नै ध्यान हो । आँखा बन्द गरेर हेर्ने प्रयास गर्नु ध्यान हो । हामी दिनरात अरु व्यक्तिलाई हेरिरहेका हुन्छौ । अरुको गुण (अवगुण, स्वभाव, चालचलन) निरीक्षण गरिरहेका हुन्छौ ।

बाह्य व्यक्ति, वस्तु र विषयलाई बिर्सेर एकान्तमा आत्मनिरीक्षण गर्नु ध्यानको अभ्यास हो । ध्यानको अभ्यासले मानिसलाई आत्मज्ञानी बनाउँछ र आत्मज्ञानी बन्न नै ध्यान को आवश्यकता पर्दछ । पूजा, प्रार्थना, कीर्तन, भक्ति, आराधना, प्राणायाम, विपस्यना सबै ध्यानकै स्वरुपहरु हुन् । सर्वव्यापी, सर्वशक्तिमान इश्वरलाई सम्झनुलाई ध्यान भन्दछन् । आफैँलाई इश्वरको स्वरुप सम्झेर आत्मचित्तको अवस्थालाई अनुभूति गर्दै आत्मस्वभावको निरीक्षण गर्नु ध्यान गर्नु हो । ध्यान जुनसुकै समय र अवस्थामा गर्न सकिन्छ । ध्यानको सुरुवातका अवस्थामा शरीरको चालचलनको निरीक्षणबाट गरिन्छ । 

सबैभन्दा पहिले शरीरलाई नै होसपूर्वक हेर्ने अभ्यास गरिन्छ । जतिजति शरीरलाई हामी होसपूर्वक हेर्दै जान्छौ, उति–उति शरीर शान्त हुँदै जान्छ । शरीरपछि विचारलाई । आफूलाई द्रस्टाको रूपमा अनुभव गर्दै आफ्नो मस्तिष्कमा उठ्ने विचारहरुलाई हेरिन्छ । विचारहरु आउँछन् जान्छन्, आफू निर्दिस्ट भएर हेरिरहिन्छ । कुनै विचारको पछाडि लागिदैन । राम्रो–नराम्रो, शुभ–अशुभ, सकरात्मक–नकारात्मक केही छुट्याइँदैन, बस त्यसलाई हेरिन्छ मात्र । विचारहरुलाई तटस्थ भएर हेर्ने काम मात्र हुन्छ । जतिजति विचारहरु हेरिन्छ, उतिउति विचारहरु आउन कम हुन्छ । विचार पछि आफ्ना भावहरुको अवलोकन हुन्छ । आफू भित्र उठ्ने काम, व्रmोध, लोभ, मोह, अहङ्कार, राग, रिस, द्वेष, आह्रिस सबैलाई कर्ताको रुपमा अनुभव गर्दै गइन्छ । यसरी हेर्दै जाँदा आफ्ना भावहरु शुद्ध हुँदै जान्छन् । यसरी ध्यानको अभ्यासमा आफ्नो शरीर, विचार र भावलाई भोक्ताको रुपमा हेर्दै गइन्छ । शरीरलाई हेर्दै जाँदा हामीलाई थाहा हुन्छ, हामी शरीर होइन । विचारलाई हेर्दै जाँदा थाहा हुन्छ, हामी विचारका तरङ्गहरु पनि होइन, र भावलाई अनुभव गर्दै जाँदा थाहा हुन्छ हामी भावका तरङ्ग पनि होइन । यसरी आफू के होइन भन्ने कुरा को खोजी गर्दागर्दै, आफू के हो ? भन्ने प्रश्नको उत्तर पाइन्छ । 

विपस्यना ध्यानको प्रयोगात्मक विधि
विहानको समय ध्यान गर्न सबैभन्दा उत्तम हुन्छ । ध्यान गर्नु अघि योगभ्यास (प्राणायाम) वा नृत्य गर्न सकिन्छ । एकान्तमा शवासन (सीधा उत्तानो परेर सुत्ने विधि) वा सुखासन (पलेटी कसेर बस्ने विधि) मा बस्ने । आसनमा बसिसकेपछि आफ्नो ध्यानलाई नाकको टुप्पोमा केन्द्रित गर्ने । र, श्वासको आगमन र बाह्यगमनलाई अनुभव गर्ने । यो सबैभन्दा सरल ध्यानको विधि हो । यो अभ्यासलाई सुरुमा ५ मिनेट गर्ने र दैनिक बढाउँदै १ घण्टासम्म पुर्याउने । यो पङ्क्तिकारले ध्यान गर्दा सुरुका दिनमा ध्यान केन्द्रित गर्न नसके पछि श्वासप्रश्वासलाई गणना गर्ने काम गर्दथ्र्यो । यसरी आफ्नो ध्यानलाई केन्द्रित गर्न सकिन्छ । यसरी गणना गर्दै जाँदा केही दिनमा गणना हराउँछ र श्वासप्रश्वास मात्र बाँकी रहन्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्