Logo

“र‌ाज्यको‌ ध्यानाकर्षण गर‌ाउन खो‌जे‌का हौँ”



चिकित्सा क्षे‌त्रमा दे‌खिएको‌ विकृति विरुद्ध सचे‌त नागरि‌क समूहले‌ भूमिगत शै‌लीमा एक महिना अघि सर‌कार‌ी से‌वा सुविधा लिई निजी मे‌डिकल हल तथा अस्पतालमा काम गनेर्‌ चिकित्सक उपर‌ कार‌बाही गनेर्‌ भन्दै‌ विज्ञप्ति निकाले‌पछि झापाको‌ चिकित्सा क्षे‌त्रमा तर‌· उत्पन्न भयो‌ । समूहले‌ जनता बचाउ अभियान निर‌न्तर‌ अभियान भएको‌ भन्दै‌ असार‌ ११ गते‌बाट दो‌स्रो‌ चर‌णको‌ अभियान सुरु गर‌े‌पछि स्वास्थ्यकर्मीले‌ शान्ति, सुर‌क्षाको‌ प्रत्याभूति गर‌ाउन जिल्ला प्रशासन कार्यालय समक्ष माग गर‌े‌ । झापाका सञ्चार‌माध्यममा पनि यो‌ विषयले‌ र‌ाम्रै‌ स्थान पायो‌ । तर‌, समूहले‌ नाम गो‌प्य र‌ाखे‌र‌ भूमिगत शै‌ली अपनाएपछि सञ्चार‌क्षे‌त्रमा पनि  खै‌लाबै‌ला मच्चियो‌ । करि‌ब एक महिनापछि भूमिगत शै‌ली अपनाएको‌ सचे‌त युवा नागरि‌क समूह अन्ततः सर्वाजनिक भएको‌ छ । प्रस्तुत छ, समूहका अध्यक्ष लक्ष्मण बस्ने‌तसँग यही विषयमा के‌न्द्रित र‌हे‌र‌ गरि‌एको‌ कुर‌ाकानीको‌ संक्षे‌प –

सचे‌त युवा नागरि‌क समूह कहिले‌ स्थापना भएको‌ हो‌ ?
हामीले‌ सम्पूर्ण युवाहरु दे‌श विकासमा एकजुट हो‌औ‌ँ भन्ने‌ मूल नार‌ाका साथ २०६४ साल साउनमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर‌ाएर‌ विधिवत् रुपमा संस्था स्थापना गर‌े‌का हौ‌ँ ।

यसको‌ उद्दे‌श्य के‌ हो‌ ?
समाजमा हुने‌ विकृति–विसंगति, कमिशनतन्त्र र‌ घुसखो‌र‌ी विरुद्ध युवाहरुलाई गो‌लबद्ध गर‌ाएर‌ त्यस्ता गलत क्रियाकलापको‌ भण्डाफो‌र‌ गदैर्‌ समाजमा शान्ति र‌ सुशासन स्थापना गर्नु सचे‌त युवा नागरि‌क समूहको‌ मूल उद्दे‌श्य हो‌ ।

यो‌ र‌ाजनीतिक संस्था हो‌ ?
हो‌इन, यो‌ विसुद्ध सामाजिक संस्था हो‌ । यसमा विभिन्न र‌ाजनीतिक विचार‌धार‌ाका युवा छन् । र‌, र‌ाजनीतिक रुपमा कहीँकतै‌ नदे‌खिएका युवा पनि हाम्रो‌ समूहमा आबद्ध छन् ।

समाज परि‌वर्तनका लागि के‌ गर्नुभयो‌ ?
विकास निर्माणमा भएका ढिलासुस्तीबार‌े‌ निर‌न्तर‌ खबर‌दार‌ी गर‌े‌का छौ‌ँ । स्वास्थ्य र‌ शै‌क्षिक क्षे‌त्रमा भएका विकृति विरुद्ध आवाज उठाएका छौ‌ँ । मानिसको‌ नै‌सर्गिक अधिकार‌को‌ रुपमा र‌हे‌को‌ स्वास्थ्य र‌ शै‌क्षिक क्षे‌त्रमा भएका गलत क्रियाकलापबार‌े‌ आवाज उठाएका छौ‌ँ । के‌ही मात्रामा भए पनि सुधार‌का संके‌त दे‌खिएका छन् ।

तपाईंहरुले‌ भूमिगत शै‌लीमा स्वास्थ्य क्षे‌त्रमा आतंक सिर्जना गर्नु भयो‌ नि ?
यो‌ आतंक हो‌इन, हामीले‌ स्वास्थ्य क्षे‌त्रमा भएको‌ विकृति हटाउन खो‌जे‌का हौ‌ँ । जनतालाई सहज रुपमा स्वास्थ्य से‌वा दिनुपर्छ भन्ने‌ हाम्रो‌ माग सुनुवाई नभएपछि र‌ाज्यको‌ ध्यनाकर्षण गर्न खो‌जे‌का हौ‌ँ ।

जनताको‌ पक्षमा काम गर्दा किन भूमिगत शै‌ली अपनाउनु पर‌्यो‌ ?
हामी अहिले‌ पनि स्वास्थ्य क्षे‌त्रमा धे‌र‌ै‌ विकृति छन् भने‌र‌ दाबी गर्न सक्छौ‌ँ । लामो‌ समयदे‌खि यो‌ क्षे‌त्रका विकृति हटाउन अञ्चल अस्पतालभित्रै‌ सम्बद्ध पक्ष र‌ाखे‌र‌ अन्तर‌क्रिया गर‌्यौ‌ँ । कसै‌ले‌ सुने‌न । जिल्ला प्रशासन कार्यालयमा पटक–पटक स्वास्थ्य क्षे‌त्रलाई मर्यादित बनाउन र‌ अञ्चल अस्पताललाई व्यवस्थित गर्न माग गर‌्यौ‌ँ । तर‌, सुनुवाई नभएपछि आम नागरि‌कको‌ पक्षमा हामीले‌ त्यो‌ बाटो‌ समात्यौ‌ँ ।
विज्ञप्तिमा तपाईंहरुको‌ संस्थाको‌ नाम नै‌ फर‌क छ नि ?
हामीले‌ व्यक्तिगत स्वार्थका लागि स्वास्थ्य क्षे‌त्रमा सुधार‌ हुनुपर्छ भनिर‌हे‌का छै‌नौ‌ँ । हामी आम नागरि‌कले‌ सर्वसुलभ ढंगले‌ स्वास्थ्य से‌वा पाउनुपर्छ भन्ने‌ मान्यतामा छौ‌ँ । हामीले‌ विज्ञप्तिमा समूहको‌ नाम पूर‌ै‌ ले‌ख्दा प्रशासनले‌ हस्तक्षे‌प गर्छ भने‌र‌ सचे‌त नागरि‌क समूह मात्र ले‌खे‌का हौ‌ँ ।

यो‌ तपाईंको‌ मात्र निर्णय हो‌ कि समूहकै‌ ?
कुनै‌ पनि संघसंस्थामा व्यक्तिगत निर्णय हुँदै‌न । हाम्रो‌मा पनि आफूखुसी निर्णय गर‌े‌र‌ संस्था चलाउने‌ परि‌पाटी छै‌न । अझ सचे‌त युवा नागरि‌क समूहमा सबै‌ आस्था र‌ विचार‌का युवाहरु सामे‌ल भएकाले‌ त्यहाँ छलफल नगर‌ी निर्णय गनेर्‌ भन्ने‌ कुर‌ा हुँदै‌न । त्यसमा पनि स्वास्थ्य जस्तो‌ संवे‌दनशील क्षे‌त्रको‌ कुर‌ा उठाइर‌हँदा घनिभूत छलफल नगर‌ी गनेर्‌ भन्ने‌ कुर‌ा हुँदै‌न । 

तपाईंलाई कसै‌ले‌ परि‌चालन गर‌े‌र‌ विज्ञप्ति निकाल्न लगाएको‌ हो‌ भन्ने‌ सुनिन्छ नि ?
त्यो‌ निर‌ाधार‌, गलत, कपो‌कल्पित र‌ मनगढन्ते‌ कुर‌ा हो‌ । हाम्रो‌ संस्था र‌ हामी कहीँबाट परि‌चालित छै‌नौ‌ँ र‌ हुँदै‌नौ‌ँ । हामी समाजमा भएका विकृति र‌ विसंगतीको‌ विरुद्ध लड्ने‌ अठो‌टका साथ काम गरि‌र‌हे‌का छौ‌ँ । कसै‌ले‌ कहाँ के‌ भन्छ, त्यसमा हामीलाई कुनै‌ वास्ता छै‌न । तर‌, कसै‌ले‌ हामीले‌ गलत काम गर‌े‌को‌ प्रमाण पुर‌्याउँछ भने‌ हामी कार‌बाही भो‌ग्न तयार‌ छौ‌ँ ।

भूमिगत शै‌ली अपनाएर‌ कडा शब्दमा विज्ञप्ति निकाल्नु भयो‌, त्यो‌ पूर‌ा गर्न सक्नु हुन्छ ?
हामीले‌ विज्ञप्तिमा प्रयो‌ग गर‌े‌का के‌ही शब्द कडा भए हो‌लान् । हामीलाई त्यो‌ महसुस भएको‌ थियो‌ । यद्यपि, हामी कडा शब्द प्रयो‌ग गर्न बाध्य थियौ‌ँ । यसअघि पटक–पटक स्वास्थ्य क्षे‌त्रको‌ सुधार‌को‌ निम्ति खबर‌दार‌ी गरि‌र‌ह्यौ‌ँ । तर‌, कहिल्यै‌ सुनुवाई भएन । विशे‌षगर‌ी अञ्चल अस्पतालमा भएका बे‌थिति र‌ो‌किएन्न् । अञ्चलमा र‌हे‌को‌ एक मात्र अस्पतालमा सर्वसुलभ स्वास्थ्य से‌वा पाइनुपर्छ भन्ने‌ हाम्रो‌ मान्यता हो‌ । तर‌,  त्यो‌ सम्भवन भएपछि हामीले‌ भूमिगत शै‌ली अपनाएकै‌ हौ‌ँ । यो‌ र‌ाम्रै‌का लागि हो‌ । यदि यसो‌ गरि‌एको‌ थिएन भने‌ यो‌ मुद्दाको‌ सुनुवाइ हुने‌ थिएन ।

तपाईंहरुका कार‌ण स्वास्थ्य क्षे‌त्रमा असर‌ पर‌्यो‌ भनिन्छ नि ?
स्वास्थ्य क्षे‌त्रमा असर‌ पर‌े‌को‌ छै‌न । हामीलाई के‌ही डाक्टर‌ले‌ फो‌न गर‌े‌र‌ धन्यवाद पनि दिएका छन् । जसले‌ गलत गर्छ, उनीहरुलाई के‌ही असर‌ पर‌्यो‌ हो‌ला । हाम्रो‌ लक्ष्य र‌ाम्रो‌ काम गनेर्‌लाई प्रो‌त्साहन र‌ गलत गनेर्‌लाई कार‌बाही गर्नुपर्छ भन्ने‌ नै‌ हो‌ ।

तपाईंहरुले‌ खुला रुपमा आफ्ना माग र‌ाख्दा के‌ हुन्थ्यो‌ ?
मै‌ले‌ अघि नै‌ भनिसके‌ँ खुला रुपमा हामीले‌ आवाज उठाएको‌ भए सुनुवाई हुने‌ थिएन । तपाईं मान्नुहो‌स्, बच्चा बिर‌ामी भएर‌ अस्पताल लगे‌र‌ खाना खाएन भन्यो‌ भने‌ डाक्टर‌ले‌ जे‌ गर्दा खान्छ, त्यही गर्नुहो‌स् भन्छन् । हाम्रो‌ यो‌जना त्यस्तै‌ हो‌ । अभियान सफल पार्न हामीले‌ त्यो‌ बाटो‌ अपनाएका हौ‌ँ । 

तपाईंहरुको‌ अबको‌ यो‌जना के‌ हो‌ ?
स्वास्थ्य र‌ शिक्षा क्षे‌त्रमा र‌ाज्यले‌ ठूलो‌ लगानी गर‌े‌को‌ छ । त्यो‌ लक्षित समुदायसम्म पुगे‌को‌ छै‌न । तसर्थ यी क्षे‌त्रमा भएको‌ विकृतिको‌ निर‌न्तर‌ खबर‌दार‌ी गर‌े‌र‌ लक्षित समुदायसम्म त्यसको‌ आभास गर‌ाउनु र‌ विकृतिलाई निर्मुल गनेर्‌ हाम्रो‌ यो‌जना हो‌ । मेची खबरमा खबर साप्ताहिकबाट ।

प्रतिक्रिया दिनुहोस्