Logo

संघ–संस्था सुदृढीकरण र गोष्ठीका उपलब्धि



भवानी प्रसाद दंगाल
भद्रपुरको मेची रङ्गशालामा अत्यन्तै भव्य र सभ्य ढङ्गले ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ ६०औँ राष्ट्रिय सहकारी दिवस मनाइयो । उक्त दिवसले तातेको झापाको सहकरी माहौल सेलाउन नपाउँदै झापा जिल्ला सहकारी संघको आयोजनामा २०७३ चैत्र २४ र २५ गते बिर्तामोडमा राष्ट्रियस्तरको संघ सस्था सुदृढीकरण गोष्ठी सम्पन्न भयो । 

संयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्मका लागि तयार गरेको दिगो विकासका १७ वटा लक्ष्यहरु पूरा गर्न सहकारी क्षेत्रले के–कस्तो भूमिका खेल्न सक्छ र सोमध्ये पनि झापाको सहकारी अभियानले आगामी दिनहरुमा उल्लेखित लक्ष्य प्रप्तिका लागि कस्तो योजना बनाइअघि बढ्नु पर्ने हो भन्नेमा गोष्ठी केन्द्रित थियो ।

राष्ट्रियस्तरका ख्यातिप्राप्त विषय विज्ञहरुलाई निम्त्याई उक्त कार्यशाला गोष्ठी सम्पन्न गरिएको थियो ।  पूर्व गर्भनर डा.युवराज खतिवडाले ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने ११ पानाको मूल कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा माथि उल्लेखित १७ वटा लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पारिएको थियो ।

जम्मा पाँच वटा कार्यपत्रहरुमध्ये ‘कृषि उत्पादन र बजारीकरणमा सहकारीको भूमिका’ भन्ने विषयमा साना किसान बैङ्कका अध्यक्ष खेम पाठक, ‘सहकारीको वर्तमान अवस्था सम्भावना र चुनौती’ भन्ने विषयमा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष रमेशप्रसाद पोखरेल, ‘सहकारीको व्यवस्थापन र सुशासन’ भन्ने विषयमा सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकाल र सहकारीमा वित्तीय व्यवस्थापन भन्ने विषयमा नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

जिल्ला सहकारी संघ झापाको इतिहासमा ऐतिहासिक मानिएको उक्त गोष्ठीमा झापा भरिका ३ सय ५० जना विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए । यस गोष्ठीले समग्र नेपालमै मानव विकास सूचाङ्कका आधारमा तेस्रो र साक्षरता ९८ दशमलव ३३ प्रतिशत रहेको झापा जिल्लामा सहकारी अभियानसमेत अब्बल रहेको प्रष्ट हुन पुगेको छ ।

झापा जिल्लाको कुल जनसङ्ख्या ८ लाख १२ हजार ६५० (२०६८ को जनगणना अनुसार) मध्ये ३ तीन लाख ८१ ह्जार ७५६ अर्थात ४७ प्रतिशत जनसङ्ख्या सहकारीमा आबद्ध रहेको र सो मध्ये पनि २ लाख ४४ हजार ३०७ अर्थात् कूल सहकारीका सदस्यमध्ये ६४ प्रतिशत महिला हुनाले लैङ्गिक समानताको अनुपम उदारण यस क्षेत्रले प्रस्तुत गरेको तथ्य गोष्ठीका सहभागीहरुमा प्रष्ट पारीएको थियो ।

यसैगरी, सहकारी संस्थाको कूल शेयर पूँजी (२०७३ असार मसान्त) ३ अर्ब ५ करोड र लगानीमा रहिरहेको ऋण १३ अर्ब ४६ करोड, कर्मचारीहरु २ हजार ७१६ जना, सञ्चालकहरु ६ हजार ५८९ जना रहेको झापाको सहकारीहरुको तथ्याङ्क जनाइएको थियो ।

राष्ट्रिय सहकारी संघले तयार गरेको यस वर्षको  नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’लाई व्यवहारबाटै लागू गर्न तत्पर भई सम्पूर्ण सहभागीहरुको तर्फबाट नौ बुँदे प्रतिबद्धता पत्र तयार गरी घोषणा गरियो । ती प्रतिबद्धताहरु यसप्रकार रहेका छन् ।

–    संघसंस्था सुदृद्धीकरण गोष्ठिमा प्रस्तुत भएका विषयवस्तुका आधारमा दिगो विकास लक्ष्य प्राप्तिका लागि आ–आफ्नो संघसंस्था माफर्त योजना निर्माण गरी लागू गर्न÷गराउन प्रतिबद्ध छौँ ।
–    अभियानको तर्फबाट आयोजना गरिने प्रत्येक कार्यक्रममा सहभागी भई सो मार्फत् सिकेका कुराहरु आ–आफ्नो संघसंस्था मार्पmत् प्रयोग गर्न÷गराउन प्रतिबद्ध छौँ ।
–    राज्यबाट जारी भएका ऐन–कानूनको पालना गर्दै सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त आधार मूल्य र नैतिक मूल्यहरुको पालना गर्न÷गराउन प्रतिबद्ध छौँ । 
–    सहकारी मैत्री ऐन–कानूनको निर्माणका लागि राज्यसँग निरन्त पहल, बहस र पैरवी गर्न प्रतिबछ छौँ । 
–    सदस्यहरुको व्यावसायिकताको बृद्धि र विकासका लागि गुणस्तरिय व्यवस्थापनको माध्यमबाट संस्थागत सुशासन कायम गर्दै सदस्यहरु र संस्थाको दिगोपनाका लागि योजना बनाई लागू गर्न÷गराउन प्रतिबद्ध छौँ ।
–    आधुनिक प्रविधिको प्रयोग गरी सहकारी साख सूचना केन्द्र निर्माण गर्ने, जैविक कृषि उत्पादन गर्ने एवम् प्रर्बद्धन र बजारीकरणका लागि  योजना बनाई लागू गर्न÷गराउन प्रतिबद्ध छौँ ।
–    महिलाहरुको सशक्तिकरणका लागि नेतृत्वमा महिला सहभागिताको बृद्धि गर्दै पुरुष सरह अधिकार दिन÷दिलाउन प्रतिबद्ध छौँ ।
–    राज्यको पुनर्संरचना अनुसारका सहकारी संघका इकाइहरु पुर्नगठन गरी क्रियाशील गर्न÷गराउन प्रतिबद्ध छौँ । 
–    जिल्ला सहकारी संघ झापाले तय गरेको लक्ष्य र योजना अनुसार घोषित सबै कार्यक्रमहरु आ–आफ्ना संघसंस्था मार्फत् कार्यान्वयन गर्न÷गराउन प्रतिबद्ध छौँ ।

यसरी माथि उल्लेखित ९ बुँदे प्रतिबद्धता जाहेर गर्दैै आ–आफ्नो संघसंस्था मार्फत् कार्यान्वयन गर्ने प्रण गरी गोष्ठीको समापन भयो । 

गोष्ठीका उपलब्धिहरु ः

 क) जिल्ला सहकारी संघ झापाको इतिहासमा पहिलो पटक भएकाले उत्साहजनक सहभागिता ।
 ख) दिगो विकासका लागि सन् २०१६ देखि २०३० सम्म हासिल गर्नुपर्ने १७ वटा लक्ष्यहरुको बारेमा मिहिन ढङ्गले छलफल हुनु ।
 ग) कृषि उत्पादन र बजारीकरणका लागि सहकारी क्षेत्रले के कस्तो भूमिका निर्वाह ग¥यो र अब के गर्न सकिन्छ भन्ने बारेमा छलफल हुनु ।
 घ) सहकारीलाई अब बचत ऋण मात्र होइन उत्पादन, उपभोग, प्रर्बद्धन र बजारीकरणसँग जोड्नु पर्ने भन्ने बारेमा छर्लङ्ग हुनु । 
 ङ) सहकारीका समस्याहरु, विकृतिहरु र विसङ्गतीहरुको अन्त्य गरी उपयुक्त व्यवस्थापन कसरी गर्न सकिन्छ र सुशासन कसरी कायम राख्न सकिन्छ भन्ने बारेमा सहभागीहरुले यथेष्ट जानकारी पाउनु ।
 च) झापा र नेपालभर सहकारीको वर्तमान अवस्था के कस्तो छ सम्भावनाहरु के–के हुन् र चुनौतीहरु के कस्तो रहेको छ भन्ने बारेमा मिहिन छलफल हुन सक्नु ।
 छ) मोफसल (काठमाडौँ बाहिर) भएको पहिलो राष्ट्रिय गोष्ठी ।
 ज) एउटै फोरममा सबै विषयका कार्यपत्रहरु प्रस्तुत हुनु ।
 झ) सहकारी ऐन निर्माणमको पूर्वसन्ध्यामा कार्यक्रम हुनु ।

सहकारीको सम्भावनाहरु 
 क) नेपालको संविधान– २०७२ मा तीन खम्बे अर्थनीतिमा एक सहकारी ।
 ख) २०७३ बैशाख २३ गते सार्वजानिक सरकारको नीति तथा कार्यक्रममा सहकारीलाई महत्वपूर्ण स्थान दिनु ।
 ग) सहकारी तथा गरीबी निवारण मन्त्रालयको स्थापना ।
 घ) सहकारीमार्फत् अधिक रोजगारी सिर्जना गर्न सकिने ।
 ङ ) दिगो आर्थिक विकासका लागि सहकारी उपयुक्त विकल्प हुनसक्ने ।
च) कृषि क्षेत्रसँग सम्बन्धित उत्पादन भण्डारण, उपभोग वितरण र बजारीकरणमा योगदान दिन सकिने ।
 छ) वित्तीय क्षेत्र, उपभोग्य वस्तु वितरणको क्षेत्र, सामाजिक सेवाको क्षेत्र व्यवसाय तथा बीमाको क्षेत्र, सञ्चारको क्षेत्र, सांस्कृतिक उत्थान तथा विकासको क्षेत्र, विद्युत तथा ऊर्जाको क्षेत्र, पर्यटन विकास, आवास निर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्र लगायतका क्षेत्रहरुमा सहकारीले योगदान दिनसक्ने सम्भावना रहेको गोष्ठीको निचोड रह्यो ।
अतः राज्यको पुनर्संरचना भई संविधानमा उल्लेखित स्थानीय सरकारको निर्वाचनको मुखैमा झापा जिल्ला सहकारी संघले आयोजना गरेको यस गोष्ठीले झापाको सहकारी अभियानको बृद्धि र विकासमा कोसेढुङ्गा सावित हुने कुरामा दुइमत नहोला । ऐतिहासिक यस गोष्ठीबाट सहभागी संघसंस्थाहरुका प्रतिनिधिहरुले आ–आफ्नो संघसंस्थाको स्वमूल्याङ्कन गर्ने, नयाँ ढङ्गले सञ्चालनको योजना बनाउने, पूर्व निर्धारीत परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्यको पुनरावलोकन गरी आमजनमानसमा सहकारीको महत्व थप स्थापित गर्ने स्वर्ण अवसर प्राप्त भएको महसुस भयो । 
(दङ्गाल झापा जिल्ला सहकारी संघका सहसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्