Logo

मतगणनाका समस्या र लोकतान्त्रिक पद्धति



धर्म गौतम
हालै सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेसले गाउँको तुलनामा शहरी क्षेत्रमा राम्रो मत पाएन । यसको कारण के होला ? यस प्रश्नको उत्तर एउटा मात्रै अवश्य हुँदैन । धेरैमध्येको एउटा उत्तर के हुन सक्छ भने गाउँमा भन्दा शहरमा बढी पढालेखा मानिस हुन्छन् । उनीहरु समसामयिक विषयमा बढी जानकार हुन्छन् । सँगसँगै उनीहरु बढी प्रतिक्रियात्मक (रियाक्टिभ) हुन्छन् । पछिल्लो समय कांग्रेसले केही यस्ता निर्णय लियो जसलाई कांग्रेसतर्पm ‘नजिक तर प्रतिबद्ध होइन’ मार्का मतदाताले मन पराएनन् । उसँग आक्रोशित भए । त्यही आक्रोशको परिणामस्वरुप यसपालि कांग्रेस महानगरतिर कुना लाग्यो । 

कांग्रेसले गरेका पछिल्ला तीन गल्तीलाई यसप्रकार लिन सकिन्छः एक, प्रहरी प्रमुख नियुक्तिका सन्दर्भमा नवराज सिलवाललाई दिएको हैरानी । लामो समय प्रहरी सेवामा रहेर प्रशंसनीय काम गर्दै आएका एक उच्च अधिकृतलाई त यति हैरानी दिइन्छ भने अन्य साधारणजनलाई कतिसम्म पीडा दिन सक्छ होला कांग्रेसले भन्ने अनुमान विवेक भएको जो कसैले पनि गर्न सक्दछ । सत्य जे सुकै होला तर पंक्तिकारलाई पनि लागेको थियो कीर्ते कागजात प्रसङ्ग सिलवाललाई फसाउन सरकारी पक्षबाट भएको षड्यन्त्र हो । लामो समय कीर्ते कुराकै छानबिन गरेर सत्य पत्ता लगाउन अभ्यस्त मानिसले आपैmँ कीर्ते गर्छ र ? कीर्ते काम एक बिन्दुमा पुगेर नाङ्गिन्छ भन्ने थाहा छैन र सिलवाललाई ? यो प्रसङ्गमा प्रहरी सङ्गठनभित्रका मानिस त शेरबहादुर देउवासँग आगो भएका थिए, तिनको प्रभाव निर्वाचनमा नपरिरहन सक्यो होला र ? 

दुई, सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर कांग्रेसले दुनियाँलाई विस्मित पारेको थियो । कांग्रेसले सरकारमा रहेर असल काम गर्न सकोस् नसकोस् तर ऊ प्रजातान्त्रिक मूल्य र मान्यताबाट पछि हट्दैन भन्ने मानिसलाई एक प्रकारको विश्वास थियो । यो विश्वास अन्तर्राष्ट्रिय जगतमा समेत थियो । तर, संसद्मा कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गराएर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई पूरै उपेक्षा गरेको देख्दा धेरै मानिसको मनमा चोट प¥यो । यसले गर्दा त्यसप्रकारका मतदाताले कांग्रेसलाई देखाइदिने नीति लिए जुन अस्वाभाविक होइन । 

कांग्रेस वीपी कोइरालाले हुर्काए, बढाएको पार्टी हो । वीपी कोइराला सिद्धान्तप्रति निष्ठावान व्यक्तिका रुपमा चिनिनु हुन्छ । वीपी आप्mनो समयमा कट्टर कम्युनिस्ट विरोधी हुनुहुन्थ्यो । त्यो स्वाभाविक हो । प्रजातान्त्रिक दृष्टिबाट अन्य प्रकारका अधिनायकवादी शासनभन्दा साम्यवादी शासन बढी खतरनाक थियो । किनभने अन्य प्रकारको अधिनायकवादी शासन जनबिरोधी भनेर यसै बुझिन्थ्यो तर साम्यवादी अधिनायकवादमा सर्वहाराको लेप लगाइएको हुन्थ्यो । गरीबहरुका लागि आकर्षक नारा दिएरै पनि कम्युनिस्टहरु जनताको लोकतान्त्रिक मर्ममा प्रहार गर्न सक्दथे । यो कुरा वीपीले प्रारम्भदेखि नै बुभ्mनु भएको थियो । त्यसकारण उहाँका राजनीतिक अभिव्यक्ति कम्युनिस्ट बिरोधी हुन्थे नै । 

त्यसैले नेपाली कांग्रेसमा अभैm त्यस्ता मानिस छन्, जो कम्युनिस्ट शब्दसँगै तर्सन्छन् । साँच्चै भन्ने हो भने नेपाली कांग्रेस र यस बेलाको नेकपा (एमाले) बीच उस्तो वैचारिक अन्तर देखिँदैन । यी दुबै दलमा रहेका सच्चा जनपक्षधरहरु कुनै दिन एकजुट भएर नयाँ शक्ति बनाए भने त्यसले यो मुलुकमा पनि सामजिक रुपान्तरण गरेर देखाउन सक्नेछ । तर पनि कम्युनिस्ट पार्टी भएकाले कांग्रेसहरु एमालेसँग अभैm तर्सन्छन् । एमालेका धेरै कार्यकर्तालाई कांग्रेस पूँजीवादी पार्टी हो भन्ने विश्वास छ । यस्तो अवस्थामा शेरबहादुर देउवाले भरतपुर नगरपालिकामा माओवादी केन्द्रसँग जसरी साँठगाँठ गरे त्यसलाई निष्ठावान् पुरातनपन्थी कांग्रेसहरुले पटक्कै पचाउन सकेनन् । भरतपुरमा नगर प्रमुखमा रुख चिन्हमा मत खस्नुले यसलाई पुष्टि समेत गरिसकेको छ । त्यसैले यस घडी शेरबहादुर देउवा विरोधी जनलहर चलेको छ, जसको शिकार धेरैतिर कांग्रेसी उम्मेद्वारले बन्नु प¥यो । 

भरतपुर प्रकरणमा शेरबहादुर मात्रै होइन, पुष्पकमल पनि बदनाम भए । दहालकी छोरी रेणुभन्दा दुःख गरेका अन्य नेता कार्यकर्ता पनि उम्मेद्वार भएका थिए– देशका विभिन्न निर्वाचन क्षेत्रमा । दहाल तिनका बारेमा चिन्तित देखिएनन् जति उनी छोरीका बारेमा देखिए । यही कुरा लुकाउन पोखराको लेखनाथ महानगरपालिकामा पनि कांग्रेस माओवादी केन्द्र गठबन्धन भयो तर त्यसले त्यहाँ नकारात्मक प्रभाव छाड्यो । यदि यो गठबन्धन नभएको भए लेखनाथमा कांग्रेस अगाडि आउन सक्थ्यो । महानगरका वडाहरुमा एमालेले भन्दा कांग्रेसले अग्रता लिनुले यस कुराको पुष्टी गर्दछ । वास्तवमा त्यहाँका कांग्रेसजन मर्माहत भएका छन् ।

कांग्रेसमा निष्ठावान् नेता कार्यकर्ता अभैm छन् भन्ने कुराको उदाहरण पनि यसपालि पोखराबाट आएको छ । त्यहाँको मत परिणामलाई हेरेर कांग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठले नैतिकताका आधारमा राजिनामा गरेका छन् । यथार्थमा यो परिणामलाई हेरेर पार्टी सभापति शेरबहादुर देउवाले नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजिनामा दिएको भए दोस्रो चरणको निर्वाचनमा कांग्रेसले अग्रता लिने थियो । तर, देउवाको शास्त्रमा नैतिकताको खडेरी छ भन्ने कुरा इतिहासले देखाइसकेको हो ।

एक प्रकारले राजनीतिमा अब दर्शन तथा विचारले काम गर्न छाड्दैछ । मानिस मुद्दा, पारदर्शीता र पद्धतिप्रति आकर्षित हुँदैछन् । जहाँसम्म राजनीतिक पद्धतिको कुरा त्यो अब एउटै बाँकी छ र त्यो हो लोकतान्त्रिक पद्धति । अबका दिनमा सैनिक शासनको सम्भावना छैन न त साम्यवादी सत्ताको नै । त्यसैले अब बाँकी रहेको पद्धति भनेको लोकतान्त्रिक नै हो । यस पद्धतिमा विभिन्न अभ्यास भएका छन् । अमेरिकामा राष्ट्रपतीय पद्धतिले काम गरिरहेको छ । बेलायतमा वेस्टमिन्सटर प्रणाली विकसित छ । फ्रान्समा यी दुबैको मिश्रित जस्तो ।

कहाँ कस्तो पद्धति उपयुक्त हुन्छ भनेर सर्वमान्य सिद्धान्त वा विधि छैन । लोकतन्त्र केवल शासनतन्त्र वा शासनको प्रणाली मात्रै होइन । यो जीवन दर्शन हो, जीवन पद्धति पनि हो । लोकतन्त्रमा नागरिक नागरिकबीचमा सीमा हुन्छन् । ती सीमामाथि एकले अर्कोलाई अतिक्रमण गर्न पाइँदैन । लोकतन्त्र ऐन कानूनले भन्दा पनि आचारसंहिताले चल्ने पद्धति हो ।

यसपालि मत गणनाका क्रममा धेरै ठाउँमा समस्याहरु आए । तीबारेमा समाचार सुन्दा पंक्तिकारलाई २०३६ सालको जनमत संग्रहको मत गणनाको सम्झना आयो । त्यसबेला इलाममा दुई कोठामा मतगणना भएको थियो । एउटा कोठामा बहुदल पक्षबाट प्रतिनिधि म थिएँ र निर्दल पक्षबाट रामप्रसाद पोखरेल । अर्को कोठामा बहुदल पक्षबाट बेनुपराज प्रसाईं र निर्दल पक्षबाट भगवती दास श्रेष्ठ थिए । अर्को कोठामा धेरै पटक विवादहरु आए र तिनको समाधान गर्न न्यायाधीश आउनु पथ्र्यो । उनी मुख्य निर्वाचन अधिकारी थिए सायद ।

रामप्रसाद पोखरेल पञ्च भए पनि प्रजातान्त्रिक पद्धतिका पक्षपाति थिए । हामीले मतगणना पूर्व एउटा सहमति ग¥यौँ । एक रङमा प्रस्ट छाप देखिने मतपत्र एकापट्टि राख्ने, कता–कता जस्तो लाग्ने अर्कापट्टि र पुरै रद्द बेग्लै । प्रस्ट र पुरै रद्दमा विवाद हुने कुरै भएन । यता कि उता वा सदर कि बदरमा दुविधा जस्तालाई सहमतिमा सदर गर्ने सहमति ग¥यौँ । दुविधा मतपत्रमाथि हामी दुई छलफल गथ्र्यौं– मतदाताको इन्टेशन हेथ्र्यौं र जता पल्ला भारी देखिन्छ त्यही पक्षमा राखिदिन्थ्यौँ । हामी बीच विवाद भएन भन्दा हुन्छ । संयोग कस्तो भयो भने करीब बाइस हजार मत गन्दा अन्त्यमा हाम्रो कोठाको परिणाम बराबरी भयो ।

अर्को पनि रमाइलो कुरा छ, त्यस बेलाको । इलाममा बहुदल पक्षमा २० हजार र निर्दल पक्षमा २४ हजार मत परेछ । गणनापछि सही गर्ने कुरामा बेनुपजीले के गर्ने भनेर परामर्श गरे । मैले भने, परिणाम स्वीकारेर सही गरिदिने । साथीहरुले हामीलाई जिम्मा दिएका छन् । सही गरियो । परिणाम घोषणा भयो । तर बाहिर साथीहरु परिणाम स्वीकार्ने पक्षमा थिएनन् । धाँधली भएको हुनुपर्छ भन्ने तिनको अनुमान थियो ।

मैले भनिदिएँ, मतदानमा के भयो सम्बन्धित साथीले जानुन् । यहाँ आएपछि हामी छौँ, यहाँ केही गडबडी भएको छैन । बेनुपजी र म दुबै निष्ठावान् र संघर्षशील कार्यकर्ताका रुपमा परिचित थियौँ, त्यसैले साथीहरुले चित्त बुझाए । राष्ट्रियस्तरमा वीपी सामु पनि त्यही समस्या आएको थियो तर उहाँले स्वीकार्नु भयो । आखिर प्रजातन्त्र भनेकै त्यही हो । त्यही स्पिरिटमा जाने हो भने विवादको बोटैमा समाधान निस्कन्छ । आवश्यकता नेता कार्यकर्तामा नैतिक बन्धनको हो । दुर्भाग्यवस त्यो बन्धन कसिलो छैन, हिजो–आज ।

प्रतिदिन दैनिबाट

प्रतिक्रिया दिनुहोस्