Logo

जग्गा खरिद प्रक्रियामा आयाल निगमको घोटला



पार्थ मण्डल

भद्रपुर, ७ भदौ  । नेपाल आयाल निगमले प्रदेश नम्बर १ मा पेट्रोलियम पदार्थ भण्डारका लागि झापामा खरिद गरिएको जमिनमा अनियमिता तथा भस्ट्रचार भएको आपुर्ति उपसमितिको ठहर छ ।

निगमले जमिन खरिदमा अनियमिता तथा भस्ट्रचार गरेको सञ्चारमाध्यमबाट समाचार बाहिर आएपछि व्यवस्थापिका सांसद अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको मातहातको आपुर्ति उपसमितिको टोली बुधवार विहान जमिनको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै यस्तो ठहर गरेका हुन् ।

नेपाल आयल निगमले झापामा खरिद गरेको जमिनमा ३४ करोड ८० लाख रुपैया बढी रकम घोटाला भाएको खुलासा भएपछि त्यसको सत्यतथ्य छानविन प्रतिवदेन तयार पार्ने आपुर्ति उपसमितिका सदस्य तथा सांसदद्धय दीपककुमार कार्की र रामविर मानन्धर लगायतको टोली मंगलबार झापा आएका थिए ।

झापा आएका सदस्यद्धय कार्की र मानन्धरले मंलगबार नै झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसंग भेटघाट गरी जमिनको मुल्यको बारेमा बुझेका थिए । साथै उनीहरुले त्यहाँको जमिनको चलनचल्ती दरभाउको बारेमा पनि स्थानीय जनतासंग बुझेका थिए । जमिनको बारेमा बुझिसकेपछि बुधवार समितिका सदस्यद्धय दीपककुमार कार्की, रामविर मानन्धर, झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, मेची नगरपालिकाका प्रमुख विमल आचार्य, वडाध्यक्ष र पत्रकार सहितको टोलीले जमिनको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।

जमिनको अनुगमन गर्दै समितिका सदस्य दीपक कार्कीले निगमले झापामा खरिद गरेको जमिन बढी मुल्य तिरेर खरिद गरेको दावी गरे । जमिन किनेको स्थान ठिकै छ, कार्की भन्छन –तर, ‘निगमले बढी मुल्य तिरेर जमिन खरिद गरेकाले खरिद प्रक्रियामा अनियमिता भएकै हो, । यहाँका सरकारी र चल्नचल्ती दरभाउ अनुसार ३ देखि ५ लाख सम्म पर्ने जमिनको मुल्यलाई ७ लाख बढी तिरेको उनको भनाई छ । नेपाल आयाल निगमले झापाको मेचीनगरस्थित चाराआली डिपोको लागि साविक दुहागढी गाविस ३ (हाल मेचीनगर १३) मा २३ विघा ३ कठठा १३ जमिन खरिद गरेको छ ।

न्युनतम मुल्य भन्दा तीन देखि चार गुणा सम्म बढी रकम तिरेर निगमले जमिन खरिद गरेपछि छानविन समिति झापा आएका हुन । उक्त जमिन प्रति कठठा १३ लाख ५१ हजारको दरले निगमले खरिद गरेको हो । तर, निगमले खरिद गरेको रकम आफुले नपाएको जग्गाधनीका भाई अनिलकुमार कार्की (भुपेन्द्र)ले बताए । विदेशमा रहेका दाई डा. महेन्द्र कार्कीको ३ विगहा बढी जमिन प्रति कठ्ठा ४ लाख ४० हजारको दरले बेचेको जग्गाधनीका भाई भुपेन्द्रले पत्रकार समक्ष खुलासा गरे । उनले भने– ‘हामीले राजिनापत्र समेत नपाएको तर, चेक रकम बैक मार्फत मैले नै भुत्तान लिएको हो ।

विभिन्न १६ जना व्यक्तिको नाम रहेको सो जमिन नेपाली सेनाका जर्नेल दिपककुमार कार्की र उनका परिवारका अरु नातेदार र गोपाल तामाङ्गसहित केही बिचौलिया मार्फत निगमलाई महंगो दरले जमिन बेचेका थिए । सो जमिन बेच्ने काममा निगमका मथिल्लोतहदेखि डिपो प्रमुख सहितको सम्लग्नता रहेको यसै घटना समेत पुष्टि गर्छ । निगमले झापामा खरिद गरेका जमिनको मुल्य र यहाको मुल्य फरक रहेको उपसमितिको अन्तिम निश्कर्ष रहेकोले सोही अनुसारको प्रतिवेदन गठित समितिलाई बुझाउने उपसमितिका सदस्य रामविर मानन्धरले बताए ।

झापाका जग्गाधनीले निगमलाई बेचेको जमिन प्रति कठठा ४ देखि ५ लाखमा रुपैयामा बिक्री गरेको खुलासा भइसकेको छ । जमिन बिक्री गर्ने बिचौलिया र निगमले किनेको भन्दा बढी रकम अर्थात प्रति कठठा ७ लाखको दरले घोटाला गरेको पुष्टि जग्गाधनीबाटै भइसकेको छ । निगमले झापाको चाराआलीस्थित शाखा कार्यालयको डिपो निर्माणका लागि २०७३ पुस ५ गते जमिन खरिदका लागि टेण्डर आव्हान गरेका थिए । ३५ दिने टेण्डरमा जारी गरिएको सूचना बमोजिम तीन वटा मध्ये परेको टेण्डर कम्पनीले २४ विगहा १ कठठा १० धुर जमिन खरिदका लागि निगमसंग स्वीकृत गरेको थियोे । बैशाख २५ गते कम्पनीसंग निगमले सम्झौता गरेको थियो ।

सम्झौता भएपछि कम्पनीका प्रतिनिधि निरोजकुमार थपलियाले मालपोत झापामा गएर १६ जना व्यक्ति मार्फत जेठ ४ गते निगमको नाममा रजिष्टे«शन पास गरेका थिए । निगमको नाममा जमिन आएपछि कम्पनीलाई जेठ ५ गते रकम भुत्तान गरेको थियो भने, जग्गाधनीबाट धनीपूर्जा बझुने काम चाराआली डिपो प्रमुख सनम कार्कीले गरेका थिए ।​

प्रतिक्रिया दिनुहोस्