Logo

भद्रगोल प्रदेशको विषादी मापन प्रयोगशाला



बिर्तामोड, जेठ ५ । प्रदेश १ को लागि झापाको विर्तामोडस्थित कृषि उपज बजारमा स्थापित विषादी मापन प्रयोगशालाको एउटा कोठा छ । सोहि कोठाको एकातर्फ ल्यावका सामाग्रि राखिएका छन् भने एक छेउमा कु्र्सी र कम्यूटर राखेर कार्यालयको काम गरीन्छ ।

परिक्षणका लागि ल्याईएका तरकारी तथा फलफुलको नमुना टेवलमुनी छरिएका हुन्छन् । कोहि मान्छे प्रयोगशालामा आउने काम परे बस्ने ठाउँ छैन । कर्मचारी बसेकै कुर्सि आउनेलाई छाडिदिनुपर्छ । यदि सोहि समयमा तरकारी तथा फलफुलको विषादी मापन गर्ने काम भईरहेको छ भने मान्छे आए काम रोकेर बस्नुपर्छ । आफ्नै भवन वा कार्यालय सञ्चालन गर्न प¥याप्त कोठा नहुँदा प्रदेश नम्बर १ मा आयतित तथा उत्पादित फलफुल तथा तरकारीको रसायनिक विषदी मापन गर्ने बिर्तामोडको यो प्रयोगशाला लथालिङ्ग अवस्थामा चलेको छ ।

कृषि उपज बजार समितिको कार्यालय सँगै एउटा कोठामा कार्यालयका सम्पुर्ण काम सञ्चालन गर्नु प्रयोगशालाका कर्मचारीलाई सहज छैन । ‘प्रदेश १ को कार्यालय भनिएको छ, न आफ्नै भवन, न प¥याप्त कोठानै प्रयोगशालाकि कर्मचारी प्राविधिक सहायक अञ्जु आचार्य भन्छिन् – सानो कोठामा सबै काम गर्नपर्दा धेरै समस्या छ ।’

तरकारी तथा फलफुलको रसायनिक विषादी परिक्षण गर्न ल्याव खोले केमिकलको गन्धले प्राविधिक बाहेक अरु कर्मचारी भित्र बस्न सक्दैनन् । केमिकलले आँखा र नाक पोल्ने हुँदा सो समय भरी बाहिर बस्नु पर्ने बाध्यताका कारण कार्यालयबाट सोचेजस्तो काम हुन नसकेको आचार्य बताउछिन् । ‘ल्यावमा केमिकलको काम हुन्छ, फरक ड्रेस लगाउनुपर्छ, सबै सो स्थानमा जान पनि नमिल्ने हो तर के गर्ने सबै काम एकै ठाउँबाट गर्नुपर्ने बाध्यता छ ।’ उनि भन्छिन् ।

एक वर्ष अघि जेठ महिना बाटनै प्रयोशाला सञ्चालनमा आएपनि एक वर्ष बितिसक्दा समेत कार्यालय र कर्मचारी व्यवस्थापनका लागि सुधारको काम हुन सकेको छैन । सरकारले ‘एक प्रदेश, एक विषादी केन्द्र’ स्थापना गर्ने भन्दै सुरु गरेको विषदी मापन केन्द्रको व्यवस्थापनमा भने ध्यान नदिदा परिणाम मुखि काम भने हुन सकेको छैन ।

केन्द्र स्थापना पछि जग्गा खरिद गरी भवन निर्माण वा भाँडामा लिएर कार्यालय सञ्चालन गर्नका लागि सरकारले पुन कुनै चासो दिएको छैन । बाली संरक्षण निर्देशनालय सँगको सहकार्यमा कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले सामान खरिद गरी केन्द्र स्थापनाको गरेको थियो । यस पछिको सबै व्यवस्थापन कृर्षि विकास मन्त्रालयको भए पनि मन्त्रालयले चासो नदिएको केन्द्रका प्रमुख अधिकृत राजेन्द्र खरेल बताउँछन् । केन्द्रले हाल तरकारी र फलफुमा प्रयोग हुने कार्बामेट्स र अर्गानोफोस्फेट ग्रुप अन्तर्गतका विषादीको परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्