Logo

झापाका अनिलले बनाए दृष्टिबिहिनका लागि चश्मा-थर्ड आई



झापा, २५ जेठ । झापा भद्रपुर १ का १८ वर्षिय अनिल प्रधानले दृष्टिबिहिनका लागि साइरन चश्मा आविस्कार गरेका छन् ।
दृष्टिबिहिनले लौरो(छडी)का सहायताले आफ्नो दिशा पत्ता लगाउने वा कुनै जोखिमपूर्ण ठाउँको पहिचान गर्नु पर्ने झन्झटबाट युवा आविश्कारक अनिलले बनाएको चश्माले मुक्ति दिने भएको छ । भद्रपुरको ज्ञान सरोवर निकेतनबाट एसईई दिएका अनिलले तयार गरेको चश्मामा सेन्सर फिट गरेका छन् । अगाडी कुनै भित्ता, मान्छे वा कुनै अवरोध आए चश्माबाट साइरन बज्ने गर्दछ । त्यस्तो चिज जति नजिक आउँछ आवाज त्यति ठूलो आवाज आउने युवा आविश्कारक अनिलले बताए ।

अनिलले भारतमा हातमा बोक्ने सेन्सरको आविस्कार भएपनि चश्माको बिकास नभएको दावी गरेका छन् । गुगल सर्च गर्दा चश्मा आविस्कार भएको देखिएन-अनिलले भने,चश्मालाई अझै राम्रो र छरितो बनाउन सकिन्छ ।
युवा आविस्कारक अनिलले तयार गरेको चश्माको नाम-थर्ड आई, तेस्रो आँखा नाम राखेका छन् । उनले तयार गरेको चश्माको लेन्सले अगाडीको भाग मात्र देख्दछ । तर, दाँया-बाँया, तल-माथिसमेत कुनै अवरोध आए साइरन बज्ने बनाउन सकिने बताए । उनले भने, हिँड्दा जमिनमा खाल्डो आयो भने साइरन बेज्ने चश्मा बनाउने सकिन्छ ।

इलेक्ट्रोनिक्समा रुची राख्ने अनिलले बाल्यकालमा घरका धेरै टर्च लाइट र रेडियो बिगारेको बताए । केहि वर्ष यता भने इन्टरनेटमा रोवोर्ट सम्बन्धि अध्ययन गर्ने र त्यसको प्रयोग गर्ने गरेको बताए । भविश्यमा इन्जिनियर बन्ने लक्ष्य लिएका अनिलले रोवोर्टिक भेइकल, बुलुतुथ कार, स्मार्ट टेवल लाइट र रिमोट वोर्टको परिक्षण गरिसकेका छन् ।
रोवोर्टिक भेइकल
रोवोर्टिक भेइकल मोवाइलबाट संचालन हुने गर्दछ । यसमा चालक बस्नु पर्दैन । भेइकलमा भएको सेन्सरसँग मोवाइल हुन्छ । भेइकलमा भएको मोवाइलमा आफुसँग भएको मोवाइलबाट डायल गर्ने र संचालन गर्न सकिन्छ । कुन कुन मोवाइल नम्बरबाट भेइकल संचालन गर्ने भन्ने पहिले नै तय गर्नु पर्दछ । भेइकलमा जडान गरिएको क्यामेराले कैद गरेको भिडियो मोवाइलमा हेरेर कन्ट्रोल गर्न सकिने अनिलले बताए । उनले मोवाइलबाट भेइकल संचालन गरेर पनि देखिए । प्रदर्शनमा भेइकलमा राखिएको क्यामेरा मोवाइलमा देखाएर केहि मिटर दुरीमा रहेको अर्को मोवाइलबाट भेइकल संचालन गरेर प्रदर्शन गरेका हुन् ।


बुलुतुथ कन्ट्रोल कार
अनिलले आविश्कार गरेको बुलुतुथ कन्ट्रोल कार बुलुतुथबाट कन्ट्रोल गरिन्छ । कारमा चालक बसेर वा नबसिपनि बुलुतुथबाट कन्ट्रोल गर्न सकिने उनले बताए । यस कारमा चेनबाला चक्का लगाएमा सिँढीमा पनि चढ्न सक्ने बताए ।

रिमोर्ट वोट
अनिलेले रिमोर्टबाट संचालन हुने वोर्ट निर्माण गरेका छन् । धान खेतको बिचमा औषधि प्रयोग गर्नु परे वा माछा पोखरीमा औषधि र चारो हाल्न रिमोर्ट वोर्टको प्रयोग गर्न सकिने बताए ।
स्मार्ट टेवल लाइट
अनिलले स्मार्ट टेवल लाईट आविस्कार गरेका छन् । मानिस छेउमा जाँदा बत्ति बल्ने, उठेर हिँढ्दा बत्ति आफैँ निभ्ने लाइट निर्माण गरेका छन् । यो बत्ति बाल्न र निभाउन स्वीज थिच्नु पर्दैन । सेन्सरबाट आफैँ बत्ति बल्ने र निभ्ने गर्दछ ।

https://youtu.be/zwC4XbjrkrE

प्रतिक्रिया दिनुहोस्